
भैरहवा- रुपन्देही जिल्ला को रोहिणी गाउँपालिका वडा नं ६ बोधबार वाट अवैध रुप मा भारत वाट नेपाल ल्याई लुकाई छिपाई माछा राखेको अवस्था मा प्रहरी ले शुक्रवार नियन्त्रण मा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही वाट खटिएका प्रहरी टोली ले अवैध ३२ कार्टुन माछा जलिल गद्दी को खाली घर मा बेवारिसे अवस्था मा फेला पारेको जनाइएको छ।
रुपन्देही प्रहरी ले बरामद गरेको ३२ कार्टुन माछा अनुमानित १६ क्विन्टल रहेको र ४ लाख ८० हजार मुल्य बराबर को रहेको जनाइएको छ। स्थानिय मानिस हरु को रोहवर मा बरामद गरि आवश्यक कार्वाही को लागि पशु क्वारेन्टाईन चेकपोस्ट बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रहरी निरिक्षक किशोर के.सी ले जानकारी गराएका छन्।