
सर्लाही- बिहिवार गणेश पुजाको मुर्ति सेलाउने क्रममा जिल्ला सदरमुकाम मलंगवामा दुई समुदाय बीच विवाद भए पछि बाकी रहेका मूर्तिहरू सर्वदलिय, सर्वपक्षीय समन्वय सहजिकरण बैठककाे निर्णय अनुसार साँझ ६:५५ मा विसर्जन गरिएको छ ।
सर्लाही प्रहरीका प्रवक्ता डीएसपी दीपेन्द्र(पन्जियार) थारुका अनुसार सर्वदलिय, सर्वपक्षीय समन्वय सहजिकरण बैठककाे निर्णय अनुसार पूर्व निर्धारित समयमै मलंगवा नगरपालिका वडा नम्बर -४ मा रहेको कामद पाेखरीमा मूर्ति विसर्जन गरिएको हाे ।
उत्पन्न पारि स्थितिलाई सहज बनाउन आज(शुक्रवार) दिउँसो जिल्ला प्रशासन कार्यालय मलंगवामा सम्पन्न सर्वदलिय, सर्वपक्षीय समन्वय सहजिकरण बैठकले हिजो (बिहीवार) सेलाउन बाँकी रहेका सबै मुर्तिहरु एकै ठाउँमा राखेर आज साँझ ५ बजे देखि ७ भित्र सेलाउने सहमति भएको थियोे ।
जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षता र मधेस प्रदेश सांसद कौशल किशोर रायको प्रमुख आतिथ्यतामा जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा हिन्दु – मुस्लिम दुवै समुदायका अगुवाहरुको उपस्थितिमा बैठक सम्पन्न भएको हो। बैंकमा ६ बुँदे सहमति भएको छ ।
