
मटिहानी- अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबासमा दर्ता भएको मुद्दा मध्ये अधिकांश स्थानिय निकायसँग सम्बन्धित रहेको कार्यालय प्रमुख कृष्णवहादुर हुमागाईले बताएको छ ।
आईतबार महोत्तरीको मटिहानी नगरपालिकामा आयोजित भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबद्र्धन सम्बन्धी कार्यक्रमकावीच प्रमुख हुमागाईले सो को जानकारी गराईएको हो । उनका अनुसार बर्दिबासस्थित अख्तियारको कार्यालयमा १४ सय ९३ वटा मुद्दा दर्ता भएको छ जसमध्ये १२ सय ८ वटा स्थानीय निकायको रहेको छ ।
कार्यक्रममा मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डलले स्थानीय निकायमा भ्रष्टाचार बढ्नु हामी सबैको चिन्ताको विषय भएकोले भ्रष्टाचार नियन्त्रण कार्यलाई अझै बढ़ी प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो ।