रतौली यूवा क्लव, महोत्तरीदारा मिति २०८० असोज ४ गते लक्ष्मिनिया गाउपालिका वडा नं ४, घनुषामा महिला समुहका सदस्यहरुलाई जविकोपार्जन सुधारका लागि व्यवसायिक सहयोग र दलित तथा गरिब परविारका बालबालिकाहरुलाई शैक्षिक सामग्रीहरु सहयोग गरिएको छ ।
FCA को सहयोगमा रतौली युवा क्लवद्वारा संचालित “सामाजिक आर्थिक सशक्तिकरण परियोजना” अन्तरगत महिला समुहका ५० जना सदस्यहरुलाई आर्थकि सशक्तकिरण गर्दै उनहिरुको जविकिो पार्जन सुधार गर्ने उद्देश्यले बिभिन्न क्षमता अभिबृदिगर्ने तालिमहरु सहित उनिहरुको रोजाई अनुसार तरकारी तथा फलफुल पसल, करिाना पसल, नास्ता पसल, शिलाई कटाई, पशुपालन तथा तरकारी खेती सम्बन्धी ब्यवसाय गर्नका लागि आवश्यक नगद तथा सामाग्रीहरु र बालबालिकाहरुलाई शैक्षिक सामग्रीहरु एक कार्यक्रम सहित बितरण गरिएको थियो । रतौली युवा कल्वका अध्यक्ष मो. साकिर खानको अध्यक्षता र लक्ष्मिनिया गाउपालिकाका उपाध्यक्ष फुल कुमारी देबि यादबको प्रमुख अथित्यमा उक्त कार्यक्रममा गाउपालिका प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादव, वडा न ४ का अध्यक्ष रमेश महतो, वडा सचिव पुनिता यादव लगायत संस्थाका कर्मचारीहरु, महिला समुहका पदाधिकारी, बालबालिका सहितको उपस्थिति रहेको थियो ।

सामाग्री वितरण कार्यक्रममा समुहका महिलाहरूलाइ शुभकामना दिदै प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादबले रतैली यूवा क्लवले अन्य पालिकामा विगतमा गरेका कामहरूबाट आफु खुसी रहेको, संस्थाले पार्दशिरूपमा गरिएका यस्ता कार्यक्रमहरू पालिकाका सबै वडामा अवश्यक रहेकोले गाउपालिकाबाट बिभिन्न लक्षित बर्गका लागि गरिने कार्यक्रमहरू संस्थासंग सहकार्य गरि पालिकाका सबै वडामा कार्यक्रम वस्तार गर्न सुझाब दिनु भएको थियो ।
दलित तथा गरिब समुदायका महिला, बालबालिका र अपाङ्गता भएका ब्यक्तिहरुलाई लक्षित गरि उनिहरुको सामाजिक, आर्थिक सशक्तिकरण, बालबालिकाहरुको शिक्षाको अधिकार, लैङ्गिक समानता र सामाजिक समाबेसिकरणका क्षेत्रमा योगदान पुर्याउन परियोजनाको कार्यक्षेत्र रहेका लक्ष्मिनिया, पिपरा र मटिहानी गरि ३ वटै पालिकामा बिभिन्न क्षमता अभिबृदि सम्बन्धी तालिम सहित समुहका सदस्यहरुको माग र आवश्यकताका आधारमा ३०० महिला सदस्यहरुलाई व्यवसायिक सहयोग र ३०० बालबालिकाहरुलाई शैक्षिक सामाग्रीहरु सहयोग गरिएको परियोजना प्रमुख कृष्ण बहादुर भुलले जानकारी दएका थिए ।



सामाग्री हस्तान्त्रण कार्यक्रममा आफ्नो भनाई राख्दै प्रमुख अथिति लक्ष्मिनिया गाउपालिका उपाधयक्ष फुल कुमारी देबि यादवले संस्थाले निरन्तर रुपमा पालिका संग समन्वय गर्दै दलित, महिला र बालबालकिाका लागि शिक्षा, लैङ्गिक समानता, सचेतिकरणका साथै समाजको सकरात्मक परिवर्तनका लागि यस्ता महत्वपूर्ण कार्यक्रमहरु गरेकोमा सहयोगी संस्था FCA र रतौली युवा कल्वलाई बिशेष धन्यवाद दिदै सो को लागी पालिकाको समेत यस्ता कार्यक्रमहरुमा निरन्तर सहयोग रहने बताएका थिए । उक्त कार्यक्रममा लक्ष्रमिनिया गाउपालिका प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादब, वडा अध्यक्ष रमेश कुमार साह र वडा सचिब पुनिता यादवले आफ्नो मन्तब्य राख्नु भएको थियो ।
समापन सत्रमा रतौली युवा कल्बका अध्यक्षले सहभागी सम्पुर्ण महिला सदस्यहरुलाई शुभकामना ब्यक्त गदै सबै महिला समुहका सदस्यहरु तथा बालबालिकाहरूलाई संस्थाको तर्फबाट भएको सहयोगको सहि सदुपयोग गरि परियोजनाको लक्ष्य प्राप्तीका लागि संस्थादारा गरिएका सहयोग तथा बिभिन्न तलिमबाट सिकेका ज्ञान, शिपलाई निरन्तर आपनो जिवनमा लागु गरी समग्र परिवार र समुदायको आर्थिक सम्बृदि तथा सशक्तिकरणमा जोड दिनुपर्ने र स्थानिय निकायबाट परियोजनाको निरन्तर अनुगमनमा सहयोग हुनु पर्ने धारणा राखेका थिए ।




