
भैरहवा- वैदेशिक रोजगारी को लागि पोल्याण्ड पठाइदिने भन्दै २७ लाख २५ हजार ठगी गर्ने राप्ती प्यालेसमेन्ट मेनपावर का संचालक लाई सोमवार प्रहरी ले काठमाडौं बसुन्धारा वाट पक्राउ गरेको छ।
पक्राउ पर्ने मा चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं ६ मा घर भई हाल काठमाडौं महानगरपालिका वडा नं ३, बसुन्धरा बस्ने ४२ वर्षीय रविन्द्र अधिकारी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ले जनाएको छ।
राप्ती प्यालेसमेन्ट मेनपावर का संचालक रविन्द्र अधिकारी ले प्रेम तामाङ लगाएत ४ जनालाई वैदेशिक रोजगारी को लागि पोल्याण्ड पठाई प्याकिङ कम्पनी मा मासिक १ लाख तलव को काम लगाइदिने र जान लाई प्रतिव्यक्ति १२ लाख लाग्ने भनि विश्वास दिलाई प्रलोभन मा पारी पटक पटक गरी २७ लाख २५ हजार रकम लिई सम्पर्क विहीन भई ठगी गरेको ले निज अधिकारी लाई बसुन्धारा वाट पक्राउ गरि थप अनुसन्धान तथा कार्वाही को लागि वैदेशिक रोजगार विभाग पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय का प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मी ले जानकारी गराए ।