
धनुषा- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्त्तानी वापत ५ लाख सैतिस हजार पाँच सय रुपैंया रकम हस्तान्तरण गरेको छ ।
कम्पनीले लक्ष्मीनिया गाउँपालिका ४ मा आयोजित एक कार्यक्रमको अवसरमा स्वर्गीय बीमित कौशिल्या देवी पंजियार का छोरा उदय कुमार साहलाई उक्त्त रकम प्रदान गरेको हो । बीमित पंजियारले मृत्यु पश्चात इच्छाएको व्यक्तिमा छोरा उदयलाई बीमाको रकम भुक्तानी गर्न भनि उल्लेख गरेका थिए।
मृतक पंजियारले २०७८ जेष्ठ १७ गते ५ लाखको बीमा गराएकोमा २ किस्ता ९७ हजार भुक्तानी गरेका थिए र उनको अक्समात मृत्यु भएपछि बीमा वापतको रकम भुक्तानी गरिएको अभिकर्ता शिवकुमार नायकले बताए।

लक्ष्मीनियाँ गापा ४ का वडाअध्यक्ष रमेश कुमार साहको अध्यक्षता र नेपाल लाईफ इन्सोरेन्स कम्पनी महेन्द्रनगरका प्रबन्धक शम्भु कुमार पण्डितको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त मृत्यु दाबी भुक्तानी कार्यक्रमको संचालन अभिकर्ता शिव कुमार नायकले गरेका थिए।
कार्यक्रममा नेपाल लाईफ महेन्द्रनगरका प्रबन्धक पण्डितले इन्सोरेन्सले बचत गर्ने बानीको विकास गराउने आपत विपतमा ठूलो सहयोग पुर्याउने बताए ।
अध्यक्ष महतोले बीमाले भवितब्य भएको बखत यसले परिवारमा ठूलो सहयोग पुग्ने भएकोले सबैले बीमा गराउनु पर्ने बताए । उनले थोरै थोरै गरिएको बचतबाट भोलीको दिनमा भवितब्यमा सहयोग पुग्ने र केहि नभएपनि समय पुगेपछि एकमुष्ट पैसा आउँदा कुनै एउटा ठोस काम गर्न सहयोग पुग्ने बताए ।