
१९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतविरुद्ध २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो झड्का बेहोरेको छ ।
नेपालले २९ रन जोड्दा पहिलो विकेटको रुपमा आसिफ शेखलाई गुमाएको हो । उनी १० रन बनाएर आउट भए। उनलाई भारतका आभेश खानले आउट गरे।
नेपालले ५.२ ओभरमा एक विकेट गुमाएर ४४ रन जोडेको छ।