जनकपुरधाम- सामाजिक संजालमा जलेश्वरका मेयरको आलोचना गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको जलेश्वर नगरपालिका ३ का ४० वर्षीय बद्रीनाथ झालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
आफ्नोविरुद्धमा समाजिक संजालमा लेखेको भन्दै जलेश्वरका मेयर सुरेश साह सोनारले दिएको जाहेरीको आधारमा झालाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।



उनका अनुसार पक्राउ परेका झामाथि साईबर अपराध कसुर मुद्दा चलाइएको छ । बिहीबार उनलाई महोत्तरी जिल्ला अदालतबाट हिरासतमा राख्ने पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको महोत्तरी प्रहरीले जनाएको छ ।
पक्राउ परेका झा समाजिक संञ्जालमा स्थानीय स्तरमा हुने भ्रष्टाचार, विकृति व्यतिथिको उजागर गर्ने गर्छन् । उनले मेयर को आलोचना गरेको आरोपमा उनलाई पक्राउ गरेपछि चौतर्फी विरोध भइरहेको छ ।उनको रिहाइको लागि युवाहरुले माग गरिरहेका छन् ।




