
महोत्तरी- सोनमा स्थित मंगलनाथ महादेव मन्दिर जाने बाटोमा कालोपत्रेको सिलान्यास गरिएको छ।
सोनमा गाउँपालिका ६ स्थित मंगलनाथ महादेव मन्दिरको बाटोमा शुक्रवार करिब ४८ लाखको लागतमा कालोपत्रे सडक निर्माणको सिलान्यास गरिएको हो ।

सोनमा गाउँपालिकाको आर्थिक सहयोग तथा मा सोना सतीमहारानी कन्ट्रक्सन औरहीको ठेक्कामा निर्माण भइरहेको कालोपत्रे सडकको सिलान्यास गरिएको छ। ४७ लाख ६३ हजार २ सय ९३ रुपैया ८९ पैसा को लागतमा कालोपत्रे सडक निर्माण गर्न लागिएको कुरा अनुसुची १ बमोजिम तयार गरिएको होडिङ बोर्डमा उल्लेख गरिएको छ। २०८० साउन ४ मा सम्झौता भइ २०८० पुस ३० मा भवन निर्माण सम्पन्न गरिने कुरा संस्थाका सम्पर्क व्यक्ती सतेन्द्र मिश्रले जानकारी दिए।
मंगलनाथ मन्दिरको सडक कालोपत्रे भएपछि सोनमा गाउँपालिकाको प्रमुख पर्यटकिय स्थल मंगलनाथ मन्दिरमा आउने जाने पर्यटक तथा दर्शनार्थीहरुलाइ सहज हुने तथा सर्लाही जिल्लाका करिब आधा दर्जन गाउँका मानिसहरुलाई आवत जावत गर्न सजिलो हुने स्थानिय लालबाबु चौधरीले बताए ।

निर्माण हुन लागेको कालोपत्रे सडकको सिलान्यास सोनमा गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादवले गर्नुभएको थियो ।
सिलान्यास कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष इन्द्रजित यादव, बिनोद यादव, राजाबाबु यादव, नागेन्द्र यादव, कैलाश यादव, कुन्जबिहारी यादव लगायतको उपस्थिती रहेको थियो।