
भैरहवा- रुपन्देही को बेलहिया, सुनौली वाट बाग्लुङ वेनी तर्फ जादैँ गरेको बस लाई सिद्धार्थ राजमार्ग को पाल्पा जिल्ला बगनासकाली गाउँपालिका वडा नं.५ मा चेक जाचँ गर्ने क्रम मा प्रहरी ले लागुऔषध वरामद गरि दुई जना लाई नियन्त्रण मा लिएको छ।
प्रहरी चौकी राम्दि वाट खटिएको प्रहरी टोली ले सो बस लाई रोकी यात्रुहरु बसबाट बाहिर निकाली चेकजाँच गर्ने क्रममा लागु पदार्थ वरामद भएको हो।

पक्राउ पर्ने मा वारा जिल्ला फेटा गाउँपालिका वडा नं २ घर भई हाल पोखरा उप-महानगरपालिका वडा नं ४ वस्ने २५ वर्षिय सोहन हुसेन र सोही बस को सह-चालक स्याङ्जा पुतलीवजार नगरपालिका वडा नं ५ घर भई पोखरा उप-महानगरपालिका वडा नं २ वस्ने ३१ वर्षिय किशोर वि.क रहेको जिल्ला प्रहरी कार्यालय पाल्पा ले जनाएको छ।
निज हुसेन ले आफ्नो हात मा समातेको जेव्रा झोला चेक जाचँ गर्ने क्रम मा प्रहरी ले प्लास्टिक को पोका पारी राखेको अवस्था मा लागु औषध डाईजेपाम १२१ एम्पुल, फेनारगन १२४ एम्पुल, आई.पी.पी एल १२१ एम्पुल फेला पारेको हो। थप अनुसन्धान मा सोही वस का सह-चालक वि.क पनि संलग्न रहेको भेटिए पछि निज लाई पनि नियन्त्रण मा लिई दुवै जना लाई लागु औषध सहित जिल्ला अदालत पाल्पा मा पेश गरि म्याद थप भई थप अनुसन्धान कार्य भईराखेको जिल्ला प्रहरी कार्यालय पाल्पा ले जनाएको छ।