
गाैशाला -महोतरीको गौशाला - १२ कान्तिबजारमा दाेश्राे मुन्नी मिश्रि स्मृति पुरुष भलिबल आयाेजना हुने भएकाे छ । सामुदायिक विकास युवा क्लबकाे आयाेजनामा हुने भलिबल प्रतियोगिता यस क्षेत्रकाे सर्वाधिक पुरकार राशिको खेल हाे ।
हिन्दुहरुकाे महान चाडपर्व दशै, दिपावली र छठ पर्वकाे शुभ अवसरमा कातिक ८ गते देखि दाेश्राे मुन्नी मिश्रि स्मृति भलिबल प्रतियाेगिता हुनेछ ।
स्व.मुन्नी मिश्रि स्मृति भलिबलकाे उपाधि जित्नेलाई नगद २१ हजार, उप विजेतालाई ११ हजार नगद पुरस्कार प्रदान गरिने आयाेजक सामुदायिक विकास युवा क्लबका अध्यक्ष सन्ताेष सिहले बताए । गत वर्ष प्रथम पुरस्कार ११ हजार र दाेश्राे पुरस्कार ५ हजार १ सय थियाे । यस वर्ष पुरस्कार राशि बढाइएकाे छ ।
भलिवल संघकाे नियम अनुसार सञ्चालन हुने खेलमा संघ संस्थालाई सहभागी हुन क्लबले आव्हान गरेकाे छ ।सामुदायिक विकास युवा क्लबकाे असाेज २० गते शनिबार बसेकाे बैठकले दाेश्राे मुन्नी मिश्रि स्मृति पुरुष भलिबल खेल आयाेजना गर्ने निर्णय गरेकाे छ ।