
काठमाडौं - सरकारले इजरायलमा मृत्यु भएका १० जना नेपालीको शोकमा आज मङ्गलवार राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मृतकप्रति श्रद्धाञ्जली दिँदै आज राष्ट्रिय शोकको घोषणा गरेको हो ।
सरकारले मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्ने र घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
मृत्यु भएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ ।
यस्तै, यस घटनामा निधन भएका नेपालीहरूको परिवारलाई राहतस्वरप प्रति परिवार दश लाख रुपैयाँ उपलब्ध गराउने पनि सरकारले जनाएको छ ।