काठमाडौं- नेपालगन्जमा लगाइएको कर्फ्यु र निषेधाज्ञा एक सातापछि पूर्ण रूपमा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले विज्ञप्ति जारी गर्दै हटाएको हो।
असोज १६ गते दिउँसो १ बजेदेखि लगाइएको कर्फ्यु र निषेधाज्ञा आजदेखि पूर्ण रूपमा हटाएको भनिएको छ।
सामाजिक सञ्जालमा लेखेको विषयलाई हिन्दु र मुस्लिम समुदायबीच तनाव बढ्ने संकेत देखिएपछि कर्फ्यु जारी भएको थियो। पछि खुकुलो बनाइएको थियो।



विज्ञप्तिमा भनिएको छ, ‘‘जिल्लाको शान्ति सुरक्षाको अवस्था हाल सामान्य रहेको हुँदा मिति २०८०-६-२३ गते बिहान ४ बजेदेखि पूर्ण रूपमा कर्फ्यु र निषेधाज्ञा हटाइएको छ ।’
प्रशासनले सर्वसाधारणलाई भड्काउने वा धार्मिक, सामाजिक सद्भावमा खलल पुर्याउने कुनै पनि काम नगर्न सबैमा प्रशासनले अपिल गरेको छ।




