जनकपुरधाम- नेपाल सरकारको कृषि रणनीति अनुसार स्वदेशी पूँजी, प्रविधि तथा रकम सहित शुरु भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले धनुषा तथा महोत्तरी जिल्लामा काम गरेपछि कृषि क्षेत्रमा क्रमिक रुपमा सुधार हुदै गएको छ ।
कतिपय ठाउँमा कृषिमा यान्त्रीकीकरण तथा बजारी करण गर्नमा परियोजनाको कामले आम किसानहरु लाभान्वित भएपनि धेरै सफलता मिलेको परियोजनाले दावी गरेको छ ।



परियोजनाको कार्यान्वयन ईकाई धनुषाले आज जनकपुरधाममा आयोजना गरेको जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको वैठकमा परियोजनाले सञ्चालन गरेको माछासुपर जोनको कार्यक्रमका कारणले माछा खेतीको क्षेत्रको विस्तार भएपछि माछाको उत्पादनमा बृद्धि भएको छ । माछाको उत्पादनमा बृद्धि भएपछि नेपालको बजारमा माछाको मूल्यमा कमी आएको छ । माछा उत्पादनका लागि आवश्यक पर्ने दाना सहितका अन्य सामाग्रीहरु महगोमा किसानले खरिद गरेर माछा उत्पादन गरेपनि स्वदेशी बजारमा मूूल्य कम पाएपछि र सीमावर्ति भारतीय बजारमा लगेर विक्रि वितरण गर्ने काम गरिरहेको जानकारी दिईएको छ । विगतमा भारतवाट आउने माछा पूणर् रुपमा विस्थापित हुनुका साथै अहिले सीमावर्ति भारतीय क्षेत्रमा माछा विक्रिका लागि जाने गरेको भएपनि तापक्रम कम भएको बेलामा माछाको कम उत्पादन हुने गरेको मत्स्य मानव संसाधन विकास केन्द्र जनकपुरधामका कार्यालय प्रमुख रविलाल शर्माले जानकारी दिएका छन् । यसका साथै थान र तरकारी खेतीमा परियोजनाले सघाएपछि किसानहरु त्यसको उत्पादनका लागि प्रोत्साहित बनेका छन् ।
सरकारले परियोजनाको लागत घटाउन तथा प्रशासनिक खर्चमा कटौती गर्नका लागि परियोजनाको महोत्तरी कार्यालयलाई चालु आर्थिक वर्षमा धनुषामा गाँभ्ने सरकारको निणर्य भएको परियोजनाको कार्यान्वयन ईकाई धनुषाका कार्यालय प्रमुख यूगल किशोर तिवारीले जानकारी दिनु भएको छ । अव परियोजनाको सवै प्रशासनिक तथा आर्थिक कामकाज धनुषावाट नै हुने भएको छ । चालु आर्थिक वर्षमा धनुषा तथा महोत्तरी जिल्लामा रहेको ब्लक, जोन तथा सुपर जोनको कार्यक्रम जारी नै रहेको छ । तर पालिकाहरुमा चलेको पकेट विकासको कार्यक्रमलाई पनि निरन्तरता दिने काम भएको छ ।
चालु आर्थिक वर्षमा चालु तथा पूँजीगत गरेर ८ करोड, २ लाख ५८ हजार ५ सय २८ रुपैयाँ विनियोजन गरिईएको कार्यालय प्रमुख तिवारीले वैठकमा जानकारी दिनु भएको थियो । तीन वटै तहको सरकारको प्रत्यक्ष सहभागितामा सञ्चालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यक्रम २०८३ सालम्म चल्ने भएको छ । २०७३ साल देखि शुरु भएको परियोजनाको काम देशका सवै जिल्लाहरुमा लागु रहेको छ ।
समन्वय वैठकमा गत आर्थिक वर्षमा परियोजनाले गरेको कामको स्थलगत अनुगमन गर्ने निणर्य गर्नुका साथै चालु आर्थिक वर्षको कामकाजलाई प्रभावकारी बनाउने निणर्य भएको छ । वैठकमा बोल्दै जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले परियोजनाले मुलुकमा खाद्यान्नको उत्पादन बढाउनका लागि थप प्रयास गर्नु पर्ने धारणा राख्नु भयो ।




