महोत्तरी- चाड पर्वलाई लक्षित गरि मटिहानी नगरपालिका र नेपाली सेना द्वारा संयुक्त रुपमा विभिन्न धार्मिक स्थल र पार्कहरुको सरसफाइ गरिएको छ।
मटिहानी नगरपालिका र नेपाली सेना द्वारा संयुक्त रुपमा मटिहानी दुर्गा मन्दिर परिसर, लक्ष्मी नारायण मठ, तसमैया बाबा पार्क, लक्ष्मी सागर पोखरी लगायतका क्षेत्रहरुमा सरसफाई गरिएको छ।




सरसफाई कार्यक्रममा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडल, वड़ा नं.६, ७ र ८ का वड़ा अध्यक्ष क्रमशः कलीम अंसारी,जित नारायण माझी र रितेश साह,नेपाली सेनाका रणभीम गण परिकौलीको टोली, मटिहानी नगरपालिका अन्तर्गतका राष्ट्र सेवक कर्मचारीहरु लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।





