
अनु खनाल , बर्दिबास ।
बर्दिबास नगरपालिका प्रमुख प्रल्हाद कुमार क्षेत्रीले सहाकारी सहकार्य मैत्री हुन सके गाउँ समाज र देशमै सम्वृद्धि र गरिब नागरिकको जीवनस्तर उकास्न सक्ने बताएका छन् ।
आइतबार महोत्तरीको बर्दिबास स्थित सत्कर्म कृषि सहकारी संस्थाको छैठौं वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्रमुख क्षेत्रीले नेपालमा सहकारीहरु अझ व्यवस्थित र पारदर्शी रुपमा अघि वढाउनु पर्ने र त्यसका लागि सहकारी ऐनलाई समयानुकूल परिमार्जन गरिनु पर्नेमा समेत जोड दिए ।
संस्थाका अध्यक्ष सुशीला थापाको अध्यक्षता राहेको कार्यक्रममा जिल्ला कृषि सहकारी संघ महोत्तरीका अध्यक्ष शारदा दाहाल , उद्योग वाणिज्य संघ बर्दिबासका अध्यक्ष बिष्णु खड्का , राष्ट्रिय सहकारी बैँकका ,बर्दिबासका प्रमुख राजेश थापा, समाजसेवी सम्झना शर्मा पौडेल, उषा ढकाल, प्रगतिशील सहकारी संजालका संयोजक लीलामणि आचार्य , लेखा परिक्षक सन्तोष साह लगायतले मन्तव्य व्यक्त गरेका थिए।

वक्ताहरुले सत्कर्म कृषि सहकारी छोटो समयमै उत्कृष्ठ सहकारीको रुपमा स्थापित हुँदै गएको भन्दै प्रशंसा गरे। साथै कृषि सहकारीले कृषि र किसानका मर्मलाई मध्य नजर गर्दै विभिन्न कार्यक्रम संचालन गर्नु पर्नेमा जोड दिए ।
सत्कर्म कृषि सहकारीका प्रवन्धक अम्बिका बानियाले गत वर्ष अनुसार संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्मको कारोबारबाट खर्च, कर कटाएर कुल २२ लाख ८५ हजार पाँच सय ९२ रुपैयाँ मुनाफा गरेको छ।
६ वर्षअघि ३५ जना शेयर सदस्यको सानो पूँजीबाट कारोबार सुरु गरेको सत्कर्मको शेयर सदस्य संख्या अहिले १ हजार ३ सय ३१ पुगेको छ। चालु आर्थिक वर्षमा संस्थाले करिब १ हजार शेयर सदस्य वृद्धि गर्ने लक्ष्य लिएको अध्यक्ष सुशीला थापाले जानकारी दिइन ।

अध्यक्ष थापाका अनुसार संस्थाको हाल कुल शेयर पूँजी ६५ लाख ८ हजार तीन सय छ। यस वर्ष संस्थाले आफ्ना शेयर सदस्यलाई १३ प्रतिशतभन्दा धेरै बोनश वितरण गरेको छ।
सत्कर्म कृषि सहकारीका प्रवन्धक अम्बिका बानियाले गत आर्थिक वर्षको असार मसान्तसम्मको कारोबारबाट खर्च, कर कटाएर कुल २२ लाख ८५ हजार पाँच सय ९२ रुपैयाँ मुनाफा गरेको बताइन् ।

कार्यक्रममा उत्कृष्ट बाल बचत गर्ने बालबालिका , जेहेन्दार छात्र छात्रा,जेष्ठ सदस्य , उत्कृष्ठ ऋणी र बचत कर्ताहरुलाई सम्मान गरिएको थियो भने कर्मचारी पुजा कुमारी पोखरेललाई सम्मान गरिएको संस्थाका सचिव मकर बहादुर कार्कीले जानकारी दिए ।