संघन विकासक्रममा रहेको बर्दिवास नगरपालिकामा उधोग बाणिज्य संघको चर्चा नै चर्चा छ ।
झण्डै १४ सय व्यापारीहरुको नेतृत्व गरेको संघले १ बर्षको छोटो अवधीमा ब्यवसायिक हकहितको लागी देखाएको तदारुकता र शृङ्खलाबद्ध कामहरुको तथ्यांकले थप चर्चा चुलिदै गएको हो ।
९ माघ २०५४ सालमा स्थापना भएको संघले २६ बर्षपछी अर्थात आज दोश्रो साधारणसभा गर्दै विधान र उदेश्यअनुसार व्यवहारिक कार्यान्वयनलाई जोड दिनुपर्छ भन्ने इमान्दारिता समेत प्रस्तुत गरेको छ ।
२०५४ सालदेखि अहिलेसम्म आईपुग्दा ९ वटा नेतृत्व परिवर्तन भएका छन । २०७९ मा भएको निर्वाचनवाट बिष्णु खडकाको नेतृत्व नै नवौ नेतृत्व निर्वाचित भएको हो ।
उनै खडकाको नेतृत्वले १ बर्षको छोटो अवधीमा जाडोयाममा व्यापारीहरुलाई आगो ताप्न दाउरा वितरण गर्ने देखि सहरी क्षेत्रमा अपराधिक गतिविधि रोक्न गरेका प्रयासहरु निक्कै सराहनीय छन ।
सुन चोरीको बिरोधमा सडकमा आन्दोलन गर्ने देखी स्थानिय कर सम्बन्धी बिषयमा छलफल गरि जरिवाना छुटमा गरेका पहलहरुले खडका नेतृत्वले १ बर्षकै अवधीमा बिस्वास जित्न सफल वनेको हो ।
`वहाहरुले गरेका कामहरु वास्तव मै हामीले अपनत्व महसुस गरेका छौ ।´स्थानिय व्यापारी बिजय यादवले भने । `व्यवसायिक वातावरण सिर्जना गर्नुहुन्छ भन्ने आशावादी बन्ने ठाउँ प्रसस्त देखिएको छ ।´
लेखा सम्बन्धी तालिम, उधमशिलता तालिम, कर समबन्धी सचेतना कार्यक्रम, महोत्सवको माध्यमवाट बृतचित्रहरु प्रस्तुत गरी पर्यटकिय प्रचारप्रसार, राजस्व कर तिर्न डिवान, डिटुको व्यवस्था, कार्यालय भवनको दोश्रो तला निर्माण जस्ता कामहरु दृत गतिमा देखिनुले आशाबादी हुने ठाउँहरु देखिएको ब्यापारीहरुको बुझाई छ ।
संघमाथी पार्दर्शिताको प्रश्न उठीरहेको वेला १ बर्षमा भएका कामहरु किताब नै बनाएर प्रकाशन गर्नुले पनि खडका नेतृत्वले नया संस्कारको विकास गर्न खोजेको अर्का व्यापारी सुजन धिमाल वताउछन ।
खडका नेतृत्वले चौथो महोत्सववाट आम्दानी भएको रकम १० लाख ७४ हजार देखि अन्य हिसावकिताव समेत साधारणसभावाट सार्वजनिक गरेको छ ।
अध्यक्ष खडकाले चुनावको समयमा बिष्णु वहादुर खडका अक्षयकोष कार्याकालभरी १५ लाख पुर्याउने प्रतिबद्धताअनुसार आफैले पहिलो बर्षको लागी ५ लाख ५१ हजार रुपैयाको अक्षयकोष स्थापना गरेका छन ।
त्यसो हुदा व्यापारीहरुलाई विपदको समयमा सहयोग गर्न सकिने अध्यक्ष खडकाको भनाई छ । बर्दिवासमा नै रहेको एक जिमखानामा आगलागी भएपछि संघले ५१ हजार सहयोग गरेको थियो ।
यस्तै २६ बर्षपछी संस्थाको गतिविधि समेर वार्षिक प्रतिबेदन तयार गरी समयमा नै साधारणसभा गराउन पाउँदा निक्कै खुसी लागेको संस्थाका प्रथम उपाध्यक्ष सन्तोष कुमार सिग्देलले वताए ।
टिमवर्क र काम गर्ने उत्साह भए धेरै काम गर्न सकिने अनुभव सुनाउदै माहासचिव उत्तम कुमार श्रेष्ठले संघलाई स्त्तरोन्न्ती गर्दै ख बर्गमा स्थापित गराउने प्रतिबद्धता जनाए । `अझै व्यवसायीहरुलाई संघको छाता संगठनमा आवद्ध गराई बस्तुगत संघ अनुसारको यसै संगठनको प्रतिनिधित्व गराई समयनुकुल बिधान संशोधन गरेर थप कामलाई प्रभावकारी वनाउनेछौ ।´ उन्ले भने ।
साधारणसभामा सहभागी भएका सरोकारवालाहरुलाई व्यवसायीहरुको अवस्थाबारे अध्यक्ष खडकाले ध्यानाकर्षण समेत जनाएका छन ।
आर्थिक मन्दिका कारण धरासयी भएका व्यापारीहरुलाई बैंक किस्ताको कारण थप समस्या बन्दै गएको अध्यक्ष खडकाको गुनासो छ ।
ब्यापारीहरु कै कारण चलेका वित्तिय संस्थाहरु व्याजको मामलामा कठोर वनिदिदा चरम समस्या वनिरहेको वताउदै यस्ता बिषयहरुमा छलफल गरि सावधान गरिदिन संघको केन्द्रिय नेतृत्व र सरकारलाई आग्रह गरेका छन ।
ऐतिहासिक कामहरु गर्दै अगाडि बढेको उधोग बाणिज्य संघलाई र व्यापारीहरुको हकहितको कामको लागी नगरवाट जस्तोसुकै सहयोग गर्न आफु तयार रहेको नगरप्रमुख क्षेत्रीले प्रतिबद्धता जनाए ।