
जनकपुरधाम- नेकपा एमालेका सचिव तथा कोशी प्रदेश ईन्चार्ज रघुविर महासेठले सहकार्य गरे देउवालाई प्रधानमन्त्री मान्न तयार रहेको बताएका छन् ।
कोशीमा कांग्रेसको ८ सिटे समुह शेखर कोइराला पक्षधरलाई आफनो ३९ मत दिएर मुख्यमन्त्री बनाइ दिएको दुई दिनमै एमाले सचिव महासेठले एक पत्रकारलाई अन्तरवार्ता दिदै भने, ‘सहकार्यमा आए कांग्रेस सभापती देउवा नभए शेखर कोइराला हाम्रो प्रधानमन्त्रीको रोजाईमा पर्न सक्नुहुन्छ ।’
या त वहाँहरुले हामिलाई मान्नु परयो, नभए देश र जनताको हितमा हामीले रोज्नु पर्दा पहिलो देउवा र नभए दोस्रो शेखर जी प्रधानमन्त्रीको लागि रोज्न सकिन्छ । उनले भने । यद्यपि यि सबै कुराहरु देउवा र शेखरको क्रियाकलापमा भर पर्ने पनि महासेठले बताए । प्रचण्ड र माधव नेपाललाई कुनै पनि हालतमा प्रधानमन्त्री मान्न एमाले तयार नहुने उनको ठोकुवा थियो ।
'शेखर जी राष्ट्रवादी, बुद्विजिवी, गणतन्त्र प्रति अथाह विश्वास भएका उदारवादी व्यक्तित्व भएकाले वहाँलाई पनि प्रधानमन्त्री बनाउन सकिन्छ । '
कोशीमा आफुहरुले आफनो स्वार्थका लागि नभई कोशी प्रदेशलाई निकास दिन कांग्रेसका कार्कीलाई समर्थन गरेको बताउदै उनले कार्की राम्रो संग काम गर्न र सहकार्य गर्न नसके कोशी प्रदेशकै लागि दु:खद हुने र त्यसले कांग्रेसको भलो नहुने उनको तर्क छ ।