
औरही(महाेत्तरी)- साेनामाई भगवत्ती स्थानमा महानवमीको दिन ९७ वटा राँगाको बलि प्रदान गरिएको छ। भूत मेला लाग्ने नामले चिनिने औरही नगरपालिका वडा नं ७ भोईल अवस्थित जिल्लाकै प्रसिद्ध सोनामाई भगवतीको मन्दिरमा बाेका,परेवाकाे बलि चढाउनुकाे साथै राँगा बलि समेत दिने गरिएको छ।

यस सोनामाई भगवतीको शक्तिपीठ मन्दिरमा बडा दसैंको षष्ठीदेखि विजयादशमीको दिनसम्म चल्ने भूतमेलामा मेला हेर्न र सहभागी हुन आउने दर्शनार्थीको लामो लर्को नै लाग्ने गर्छ।

भाकल गरेपछि मनोकामना पूरा भएको भन्दै भक्तजनले यहाँ राँगा बलीका लागि ल्याउने गर्दछन् ।
आफनो मनोकामना एवं भाकल पूरा भएपछि नेपालको विभिन्न जिल्ला र छिमेकी राष्ट्र भारतको विभिन्न जिल्लाबाट पनि खसी(बोका),परेवा र राँगाको बलि चढाउन भक्तजनहरु आएका सोनामाई भगवती मन्दिरका पुजारी केदार झा र स्थानीय बासी राम प्रवेश यादवले जानकारी दिनुभयो । यसैबीच यस सोनामाई भगवतीको मन्दिरमा बडादशैँको महानवीमीका दिन ठूलो मेला पनि लाग्ने गर्दछ ।

