
ढल्केवर- यति खेर बडा दसैंको अवसरमा आयोजित झिझिया नृत्यमा सारा ढल्केवर झुमेको छ ।

सप्तमी देखि सुरु भएको यस नृत्यको अन्तिम विजया दशमीको दिन श्री माँ वैष्णव दुर्गा पुजा मेला समिति ढल्केवरले आयोजना गरेको झिझिया प्रतियोगितामा स्थानिय झिझिया टिमहरुको उत्साहजनक प्रस्तुति रहेको छ। झिझिया टिमको सबै प्रस्तुती उत्कृष्ट रहेको छ भने हरेक प्रस्तुतीले दर्शकहरु झुमेको देखिन्छ ।


प्रतियोगितामा मिथिला नगरपालिकाको नक्टाझिज विश्रामपुर, कुसुमबिछौना, हरिहरपुर, ढल्केबर र क्षिरेश्वरनाथ नगरपालिका को महेन्द्रनगरको दुई वटा झिझिया टिमको सहभागीता रहेको छ।

झिझिया हेर्न हजारौँ को सङख्या मा दर्शकहरुको उपस्थिति रहेको छ। झिझिया हेर्न दर्शककहरुको उत्साहजनक उपस्थितिले कलाकारहरुको मनोबल बढाएको छ।

दुर्गा पुजा मेला समिति ढल्केबरले दर्शकहरुलाई कुनै किसिमले अप्ठायारो हुन नदिन स्वयंसेवक समिति परिचालन गरी सुर व्यवस्था कडा गरिएको मेला अध्यक्ष विवेक ठाकुरले बताए।
