रुपन्देहीको लुम्बिनी वाट प्रहरी ले कार्तिक ८ गते विधुतिय उपकरण सहित जुवा तास खेलिरहेको अवस्था मा तीन जना लाई पक्राउ गरेको छ।
रुपन्देही प्रहरी ले लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं १० मा रहेको लुम्बिनी गेष्ट हाउस को कोठा नं ४०१ मा जुवा तास भइरहेको गोप्य सुचना प्राप्त हुने साथ उक्त होटल मा गई चेक जाचँ गर्ने क्रम मा तीन जना लाई विधुतिय उपकरण सहित जुवा तास खेलिरहेको अवस्था मा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता मनोहर प्रसाद भट्ट ले जानकारी गराएका छन् ।




पक्राउ पर्ने मा कपिलबस्तु जिल्ला शिवराज नगरपालिका वडा नं ९ का ३७ वर्षिय मोहन प्रसाद निरौला, ३६ वर्षिय शिव ओली र रुपन्देही जिल्ला शुद्दोधन गाउँ पालिका वडा नं ३ फर्साटिकर का ५५ वर्षिय राकेश बानिया रहेको र पक्राउ परेका हरु लाई जिल्ला प्रशासन कार्यालय रुपन्देही वाट जुवा सम्वन्धी कसुर मा ७ दिन म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही ले जनाएको छ।
पक्राउ परेका निज हरु वाट लु ३ च २०२२ नम्वर को कार, नगद ८३ हजार २ सय ७०, मोवाईल ६ थान, मोवाईल का व्याट्री हरु सानो ठुलो गरि १७ थान, विभिन्न किसिम का तास को गड्डी २४ थान, विधुतिय उपकरण मोवाईल को कनेक्टर १ थान, विधुतिय उपकरण व्याट्री जस्तो देखिने २९ थान र मेक्स लेखेको व्याट्री ४ थान रहेको प्रहरी ले जनाएको छ।




