
सर्लाही,(बलरा)- प्रत्येक बर्ष असोज शुल्क पुर्णिमाको दिनदेखी लाग्ने सर्लाही जिल्लाको प्रसिद्ध कुस्ती मेला बलरामा सुरु भएको छ । बलरा नगरपालिका वडा नं. १० स्थित सुदामामा आयोजित महाविरी झण्डाको उदघाटन जनमत पार्टीका केन्द्रिय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज श्री चन यादवले गर्नुभएको छ ।
महाविरी झण्डा उदघाटन कार्यक्रममा बोल्दै जनमत पार्टीको केन्द्रिय अध्यक्ष तथा जिल्ला ईन्चार्ज श्रीचन यादवले महाविरी झण्डाले समाजमा समाजिक सद्भाव र आपसी भाईचरा कायम राख्न महत्त्वपूर्ण भुमिका खेल्दै बताउनुभयो ।

समाजिक, साँस्कृतिक, जातीय सद्भाव कायम राख्नु राजनीतिककर्मी र समाजीक अभीयान्ताको दायित्व समेत रहेको छ, ईन्चार्ज यादवले भन्नुभयो । यस्ता सामाजिक तथा धार्मिक मेलामा आपसी मतभेद तथा द्वन्द्वलाई बिर्सेर सबै जनसमुदायका सहभागिता र निरन्तरतामा उहाँले जोडदिनुभयो ।
उहाँले शोसित, उत्पीडित अल्पसंख्यक एवम मधेश र मधेशी जनताको अधिकारको निमित्त जनमत पार्टीको लडाइँ जारी रहेको बताउनुभयो ।

सुदामा मेलामा स्वदेश तथा विदेशका नाम चलेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडीहरु सहभागिता रहदै आएको छ । कुस्ती खेल हेर्न जिल्ला भरिका हजारौं संख्यामा सर्वसाधारण पुग्ने गर्दछन ।

स्थानीय स्तरमा लोप हुन लागेको परम्परागत कुस्ती खेललाई संरक्षण, सम्बर्द्धन तथा जगेर्ना गरि भविष्यमा निरंतरता दिलाउन महाबिरी झणडामा कुस्ती खेलको आयोजना गर्दै आएको आयोजकको भनाई छ ।