
टी-२० विश्वकप प्रतियोगिताका लागि नेपाली क्रिकेट टीम छनोट भएको खुशियालीमा सर्लाहीको ईश्वरपुर नगरपालिका - ०२, राईटरखोरमा शुक्रवार साझ स्मार्ट युवा कल्वले दीप प्रज्वलन कार्यक्रम गरेको छ।

नेपालको राष्ट्रिय झण्डा र नक्सा अंकित रंगोली समेत बनाईएको दीप प्रज्वलन कार्यक्रममा सहभागीहरुले नेपाली क्रिकेट टीम जिन्दाबाद, नेपाली एकता जिन्दाबाद, यो जीत कसको - नेपालको! जस्ता नाराहरु समेत लगाए थिए।

त्यसैगरी महोत्तरीको वर्दिवासमा खुशीयालीमा सबैलागि हामी भन्ने युवाहरुको समूहले मोटर साइकल र्याली प्रदर्शन गरेका छन्। युवाहरुको समूहले मोटर साइकल र्याली वर्दिवास बजार परिक्रमा गर्दै खुशीयाली मनाएका छन् ।

