
बर्दिवासमा चर्चित ब्याण्ड एक्सले खुल्ला लाइभ कन्सर्ट गर्ने भएको छ ।
स्थानिय व्याण्ड इक्यु -७२ ले आयोजना गरेको कन्सर्ट २४ कात्तिकमा हुने भएको हो ।
लागुपदार्थ सम्बन्धि जनचेतना जगाउने उदेश्यले आयोजना भएको उक्त कार्यक्रममा सामाजिक सचेतना फैलाउने गीतहरु प्रस्तुत हुने आयोजक पक्षले जनाएको छ ।
लागुपदार्थको दुर्व्यसनलाई न्यूनीकरण गर्ने अभियान अन्तर्गत पुनःस्थापन भएका युवाहरुले एक्स ब्याण्ड बर्दिवासमा ल्याएर लाइभ कन्सर्ट गरेको यो पहिलो कार्यक्रम हो ।
लागुपदार्थ दुर्व्यसनवाट मुक्त वनाउन आफुहरुको मुख्य भुमिका रहने वताउदै इक्यु -७२ ब्याण्डका अध्यक्ष नरेश फुयालले अन्य अभियान भने तिहारपछी अगाडी बढाइने जानकारी दिए ।
पुर्व लागुपदार्थ सेवनकर्ता रन्जित वस्नेत, युवराज फुयाल समेत सहभागी रहेको उक्त अभियानलाई निक्कै सकारात्मक ढंगले हेरिएको छ । इक्यु -७२ ब्याण्डका मुख्य भोकलिस्ट रन्जित बस्नेतले गीत र भौतिकरुपमा उपस्थिति भएर अनुभव साटासाट गर्ने र दुर्व्यसनलाई पुर्ण मुक्त वनाइने अभियान अन्तर्गत यो पहिलो कार्यक्रम भएको वताए ।
यस्को लागी सरोकारवाला निकायहरुलाई सहयोगको लागी उनिहरुले अपिल गरेका छन ।