सर्लाही(बलरा)- सर्लाहीको बलरा नगरपालिका वार्ड न. १० सुदामा पार्टीको ब्यानर दुरुपयोग गरि चियापान कार्यक्रम गरेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्प पदको निर्वाचन २०७९ मा पार्टीको अधिकारिक उम्मेदवार विरुद्ध कार्य गरि स्वतन्त्र उम्मेदवारको पक्षमा प्रचार-प्रसार र मत मागेर पार्टीको आधिकारिक उम्मेदवारलाई पराजय गराउ मुख्य भूमिका निर्वाह गरे पछि पार्टीको विधानअनुसार कार्वाहीमा परेकाहरूले कार्तिक २३ गते बिहीवार पार्टीको नगर समिति आयोजक रहेको भनी दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम राखिएको भन्दै दिगभ्रमित गर्ने मनासायले सूचना प्रवाह गरे पछि नेपाली काँग्रेस क्षेत्र न.४ का क्षेत्रीय समितिले प्रेस विज्ञप्ति जारी गर्दै आफनो आपती प्रकट गरेका हुन।
साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएका तत्कालिन जिल्ला कार्य समितिका सदस्य नवीन कुमार सिंह र क्षेत्रीय प्रतिनिधि बालकिशोर सिंहले कांग्रेसको ब्यानर दुरुपयोग गरि सामाजिक सञ्जालमा गरिएको सो प्रचारको पछि नलाग्न क्षेत्रीय सचिव वीरेन्द्र महतोले विज्ञप्ती मार्फत अपिल गरेका छन् ।
बलरा न.पा. वडा नं. १० सुदामा निवाशी तत्कालिन नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य नविन कुमार सिंह र क्षेत्रीय प्रतिनिधि निजको बुवा बालकिशोर सिंह गत स्थानीय निर्वाचन मा नेपाली कांग्रेस को तर्फबाट मेयर प्रत्यासी कौशल किशोर सिंह र वडा अध्यक्ष प्रभाकर सिंह को विरुद्धमा ज.स.पा. बाट मेयर प्रत्यासी नागेन्द्र झा को पक्षमा प्रचार प्रसार गरि नेपाली कांग्रेस उम्मेदवार लाई पराजय गराउन मुख्य भूमिका निर्वाह गरेको नेपाली काँग्रेसको आरोप थियो ।
र मंसिर ४ गत्ते को प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मा पनि पार्टीको उम्मेदवार नागेन्द्र कुमार को बिरुद्धमा स्वतन्त्र उम्मेदवार अमरेश कुमार सिंह को पक्षमा प्रचार प्रसार गरि पार्टीको उम्मेदवार लाई पराजय गराउन मुख्य भूमिका खेले पछि उम्मेदवारहरुको प्रमाण सहितको उजुरी र क्षेत्रीय कार्यसमितिको सिफारिसको आधारमा छानबिन गरि नेपाली कांग्रेस जिल्ला अनुशासन समिति सर्लाहीको मिति २०७९/०७/३० गत्ते चुनाव प्रचार अवधिमा बसेको बैठकले निजहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निलम्बन गरेकोले निजहरु स्वतन्त्र बाट निर्वाचित सांसद अमरेश कुमार सिंह संगनै रहेको र अहिले आएर नेपाली कांग्रेस लाई कमजोर गर्न अमरेश कुमार सिंह को उकसाहटमा फेरी म नेपाली कांग्रेस मानै हो भनि कथित रुपमा नेपाली कांग्रेसको कार्यकर्तालाई झुक्याउन नेपाली कांग्रेस नाम लिई अमरेश समर्थकको भेला गर्न खोजेको प्रति नेपाली कांग्रेस सर्लाही क्षेत्र नं.४ ले विज्ञप्ति निकाली सो कार्यको भत्सर्ना गर्दै सो प्रति सचेत रहन आफ्ना कार्यकर्ताहरुलाई अपिल गरेको नेपाली कांग्रेस मधेस प्रदेश सुचना सन्चार बिभागका सचीव निकेश त्रिपाठीले जानकारी दिए ।
नेपाली कांग्रेसका खोल ओढेर अन्य पार्टीलाई चुनावमा सघाउने, पार्टीलाई कमजोर बनाउने र पार्टीका कार्यकर्तालाई मुद्दामा फसाउने लगायतका यस्ता गतिविधि गर्ने जुनसुकै व्यक्तिलाई पार्टीले साधारण सदस्य समेत नरहने गरि कार्वाही गरिने उहाँको भनाई छ ।