धनुषा- हिन्दुहरुको महान पर्व दिपावली तथा छठ पर्वको शुभ अवसरमा नेपाली कांग्रेस क्षीरेश्वरनाथ नगरपालिका वडा नं ५ वडाकार्यसमितिको आयोजनामा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कांग्रेस क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ का वडा सभापती दिपक साहको अध्यक्षता र नेपाली कांग्रेसका केन्द्रिय सह–महामन्त्री महेन्द्र यादवको प्रमुख आतिथ्य तथा काँग्रेस धनुषा सभापति योगेन्द्र पजियारको विशेष उपस्थितिमा आयोजित शुभकामना अदान प्रदान कार्यक्रममा नगर, जिल्ला र केन्द्रिय नेता कार्यकर्ताहरुको उस्थिती रहेको थियो ।




सह–महामन्त्री यादवले कार्यक्रममा दिपावली तथा छठ पर्वको शुभकामना दिँदै पार्टी हितका लागि पार्टी भित्र शुद्धताको आवश्यकता रहेको र सम्पूर्ण नेता कार्यकर्ताहरुलाई एकजुट भई अगाडी वढ्न जरुरी रहेको बताए।
धनुषा सभापति पजियारले शुभकामना व्यक्त गर्दै पार्टी भित्र देखिएको विभिन्न असन्तुष्टीहरुलाई चिर्नु पर्ने र पार्टीलाई बलियो एक ढिक्का बनाएर अघि बढ्न सबैले सहयोग गर्नु पर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का सभापती कुमर कान्त झा, क्षिरेश्वरनाथ नगरपालिका नगर उप–प्रमुख रचना श्रेष्ठ माथेमा, नेपाली कांग्रेस मधेश प्रदेश सदस्य बासुलाल महतो, सुरेश प्रसाद यादव, नेपाली कांग्रेस केन्द्रिय मुस्लीम विभाग सदस्य, क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ७ का अध्यक्ष मुवारक कवारी, पूर्व क्षेत्रीय सभापती मोहन माथेमा, नेपाली कांग्रेस क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ देखि १० सम्मका वडासभापती, क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ का अध्यक्ष मकेश्वर यादव, वडा नम्बर २ का अध्यक्ष देवु यादव, वडानम्बर ३ का अध्यक्ष जय किशोर सिंह, वडानम्बर ४ का अध्यक्ष जगदिस यादव, वडानम्बर ५ का अध्यक्ष जिवछ मण्डल, वडानम्बर ८ का अध्यक्ष मोद कुमार महतो लगायत करिब ५ सयको संख्यामा नेपाली कांग्रेसक कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।





