
धनुषा- छठ एवं सामाचकेवाको अवसरमा नेकपा (एमाले) धनुषाले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम एमाले धनुषा निर्वाचन क्षेत्र नं. २(क) को क्षेत्रीय कमिटीले आयोजना गरेको हो ।
छठ एवं समाचकेवा पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहेको नेकपा (एमाले) सचिव रघुविर महासेठ यो सरकार दिशाहिन तरिकाले अघि बढिरहेको बताए ।
उनले भने, ‘यो सरकारले अहिलेसम्म कुनैपनि क्षेत्रमा उपलब्धि हाँसिल गरेको छैन, चाहे त्यो विकासको क्षेत्र होस् वा स्वास्थ्य क्षेत्र होस्, निर्माणको होस् वा बजेट कार्यान्वयनको सवाल होस्, अथवा विदेशी नीतिको सवाल होस् ।’ वर्तमान सरकार कुनैपनि क्षेत्रमा सही तरिकाले अघि नबढेको उनेको आरोप छ । उनले भने, ‘यो सरकार असफल सरकारको रुपमा स्थापित भएको छ । यो सरकारले केही गर्न सक्दैन भनेर जनताले बुझेका छन् ।’