महोत्तरीको गौशाला स्थित दुर्गा मन्दिरबाट सुनको आभुषण चोरी भएको छ ।
गौशाला नगरपालिका -५ स्थित बजारमा रहेको दुर्गा मन्दिरबाट मुर्तिलाई लगाईएको नथिया र मंटिका आभुषण चोरी भएको हो। केहि दिन अगाडी दसैैमा भारतको राजस्थानबाट करिब १० लाख भारु बराबरको दुर्गा माताको मुर्ति मन्दिरमा स्थापना गरिएको थियो ।




सो मुर्तिमा करिब १४ आना बराबरको सुनको नथिया र टिका लगाइएको थियो ।
छठ पर्वको अन्तिम दिन विहान दिनमा समयमा चोरी भएको मन्दिरका पुजारी काशीकान्त झाले बताए ।
यसैबीच मन्दिरबाट चोरी भएको गरगहना सहित एक जना नावालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।ईलाका प्रहरी कार्यालय गौशालाले मन्दिरबाट चोरी सुनको गहना सहित उक्त वालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी नियन्त्रणमा रहेको वालकसँग प्रहरीले सुक्ष्म तवरले सोधपुछ र अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक मनोजकुमार यादवले जानकारी दिएका छन् । अहिले अनुसन्धानको क्रममै रहेकोले यस विषयमा प्रहरीले विस्तृत रुपमा जानकारी दिन मानेका छैनन्।
छठ पर्वको पारण दिन अर्थात सोमबारका दिन सो मन्दिरबाट सो आभुषण चोरी भएको पुजारी झाले प्रहरीमा खवर गरेपछि प्रहरीले अनुसन्धानको क्रममा सो वालकलाई आज नियन्त्रणमा लिएको हो ।

मन्दिरमा लागेको सिसिटिभी क्यामेराबाट चोर पत्ता लागेको प्रहरी निरीक्षक यादवले जानकारी दिए।




