धनुषा- क्षीरेश्वरनाथ नगरपालिकाको आयोजनामा नगर स्तरीय अन्तर वडा क्रिकेट प्रतियोगिता शुक्रवार देखि सुरु भएको छ।

क्षीनपा ३ पकडियामा नगर स्तरीय अन्तर वडा क्रिकेट प्रतियोगिता सुरु भएको हो । नगरपालिकाको आयोजना र समता यूवा क्लव पकडियाको प्राविधिक सहयोगमा संचालित प्रतियोगिताको शुक्रवार भएको उदघाटन खेलमा वडा नं ३ ले वडा नं ४ लाई ९९ रनले हराउँदै विजयी हासिल गरेको छ।




उदघाटन खेलमा वडा नम्बर ४ र वडा नम्बर ३ बीच भएको खेलमा वडानम्बर ३ ले टस जितेर पहिलो व्याटिङ्ग रोजेको थियो । टस जितेर पहिलो ब्याटिङ्ग रोजेका वडा नम्बर ३ ले र्निधारित १४ ओभरमा ६ विकेटको क्षतीमा १ सय ५६ रन बनाएको थियो । र्निधारित १४ ओभरमा १ सय ५७ रनको टार्गेट पाएको वडा नम्बर ४ टिम १० ओभर ५ वलमा सम्पुर्ण विकेट गुमाएर मात्र ५७ रनमा समेटिएको थियो ।

वडा नम्बर ३ का खेलाडी विकास मण्डलले ५०, लभ यादवले ४२, अमित मण्डलले २२, व्रिखेश यादव ले १० , दिलिप यादवले ७, दिपेन्द्रले ७ र कोसलले १ रनको योगदान गरेका थिए । भने वडा नम्बर ४ का सन्तोष पटेल बाहेक कसैले दोहोरो अंक जोड्न सकेनन् । सन्तोषले १६, इसराइलले ७, मौसमले २ रोशन चौधरीले १ र राजाले १ जोड्न मात्र सफल भए ।

आजको खेलको म्यान अफ दि म्याच वडा नम्बर ३ का खेलाडी लभ यादवलाई प्रदान गरिएको छ ।प्रतियोगितामा खेलाडीको हौसला बढाउन वि.एन.वि.होटलका संचालक विनय साह र समता यूवा क्लवका अध्यक्ष अजय सिंह दनुवार खेलमा प्रत्येक छक्का लगाउने खेलाडीलाई एक एक ओटा रेडबुलको व्यवस्था गरेको आयोजकले जानकारी दिएका छन् ।

स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद नारा साथ सुरु भएको खेलको उद्घाटन समारोहमा नगर प्रमुख सुखदेव यादवले प्रतियोगितामा सहभागी सम्पुर्ण खेलाडीहरुलाई बँधाई दिदैँ यूवाहरुलाई खेल प्रतिको रुची बढाउन प्रतियोगिताको आयोजना गरिएको र अगामी दिनमा पनि नगरपालिका द्धारा विभिन्न खेलको आयोजना गर्ने प्रतिवद्धता जनाए ।

त्यस्तै कार्यक्रममा विशिष्ठ अतिथीको रुपमा उपस्थित नगर उप–प्रमुख रचना श्रेष्ठ माथेमा अहिले यूवाहरुमा क्रिकेट प्रतिको रुचीलाई मध्यनजर गर्दै क्षीरेश्वरनाथ नगरपालिकाले आफनो जिम्मेवारी बुझी नगर भित्रका सम्पूर्ण वडाबाट खेलाडी सहभागी हुनेगरी कार्यक्रमको आयोजना गरिएको बताए ।

नगरपालिका द्धारा संचालित नगर स्तरीय अन्तर वडा क्रिकेट प्रतियोगितामा जम्मा ९ ओटा टिमको सहभागिता रहेको भने प्रतियोगिता ४ दिन सम्म चलने आयोजक समितिले जानकारी दिएका छन् । प्रतियोगिता प्रथम र द्वितिय हुने टिमलाई नगद पुरस्तकारको साथै प्रमाणपत्र सिल्ड , कप प्रदान गरिनुको साथै प्रत्येक दिनको प्रत्येक खेलमा म्यान अफ दि म्याच र फाइनलमा म्यान अफ दि टुनामेन्ट, बेस्ट ब्याट्स म्यान, बेस्ट बलर र बेस्ट किपर अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।

समता यूवा क्लवका अध्यक्ष अजय सिंह दनुवारको अध्यक्षता र नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथ्यतामा आयोजित उदघाटन समारोहमा वडा नम्बर ४ का अध्यक्ष जगदिस यादव, वडा नम्बर ६ का अध्यक्ष विनोद गुप्ता, शिक्षा शाखाका काशिम राईन, राजस्व तथा जेन्सी शाखा प्रमुख सरोज कुमार रजक, वि.एन.वि.होटलका संचालक विनय साह, शिक्षा समिति सदस्य सुजित कापरी, विभिन्न वडाका वडा सचिव, समता यूवा क्लवका सदस्य लगायत स्थानिय खेल प्रेमीहरुको उपस्थिती रहेको थियो।






