काठमाडौंः आध्यात्मिक संस्था सन्त निरंकारी मण्डल, नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई राहत सहयोग प्रदान गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मामार्फत प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा दुई लाख २५ हजार रुपैयाँ सहयोग प्रदान गरेको मण्डलका नेपाल प्रमुख नरबहादुर रावलले जानकारी दिनुभयो ।
आध्यात्मिक सन्देश सम्प्रेषणका साथै मानव कल्याणका खातिर काम गर्दै काम गर्दै आएको संस्थाले विपत्तिमा परेका नागरिकको दुःखमा समेत सहयोग गर्नु सबैभन्दा ठूलो धर्म हो भन्ने हेतुले सहयोग प्रदान गरिएको रावलले बताउनुभयो । उहाँले सहयोग रकम सानो भए पनि देशमा रहेका आध्यात्मिक संस्थाहरुले पनि जाजरकोट, रुकुमपश्चिम र देशका अन्य भूभागमा रहेका भूकम्प प्रभावितको सहयोगमा हातेमालो गर्नुपर्ने सन्देश प्रवाहका लागि सहायता कोषमा रकम दिइएको बताउनुभयो ।
राहत हस्तान्तरण टोलीमा प्रतिनिधिसभा सांसद रञ्जु झा (ठाकुर), मण्डलका सल्लाहकार श्रीराम काफ्ले, सचिव अनिल महर्जन, केन्द्रीय सचिब अनिल महर्जन, केन्द्रीय सदस्य देवराज रिमाल, बाबुराज महर्जनलगायत सहभागि हुनुहुन्थ्यो ।




