महोत्तरी- मटिहानी नगरपालिकामा महिलाको गर्भ यकिन गर्न नि:शूल्क चेक जाँच कार्यक्रम संचालन गरिएको छ।
नगरपालिकाले महिलाहरुको लागि pregnancy test किटको माध्यम द्धारा नि:शूल्क जाँच गरि गर्भ रहे/नरहेको यकिन गर्ने कार्यक्रम संचालनमा ल्याएको छ।जिल्लामा पहिलो पटक नगरपालिकाले स्थानीय महिलाहरुलाई स्वास्थ्य चौकी तथा गाउँघर क्लिनिक मार्फत सो सेवा प्रारम्भ गरेको छ ।



यसै बीच एक कार्यक्रममा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलले स्वास्थ्य चौकीका प्रमुखहरुलाई सो कार्यक्रमको लागि Pragnancy test kit हस्तान्तरण गर्नु भयो ।सो अवसरमा उहाँले महिलाको लागि रहेको यो कार्यक्रमले महिलालार्इ समयमै गर्भवती रहेको यकिन गराइ गर्भवती अवस्थामा गर्भवती महिलाले अपनाउनु पर्ने सावधानी वारे सजग बनाउने कुरा बताउनु भयो ।
प्रोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच बृद्धिको लागि महिनावारी बन्द हुने वितिकै महिलाहरुलार्इ किटको माध्यम द्धारा नि:शूल्क पिसाब जाँच गरि गर्भ रहे/नरहेको यकिन गर्नको लागि सो कार्यक्रम सुरु गरेको कुरा मटिहानी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पवन कुमार मंडलले जानकारी दिनु भयो ।
उक्त कार्यक्रममा मटिहानी नगरपालिकाका नगर उप-प्रमुख मंजु देवी साह,प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, सि. अ. हे. व.अधिकृत श्री नागेश्वर पाण्डेय,मटिहानी नगरपालिका अन्तर्गतका ४ वटै स्वास्थ्य चौकीका प्रमुखहरू,लगायतका सहभागिता रहेको थियो ।




