जनकपुरधाम- धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले ब्रेन ट्यूमर रोग लागेको एक बिरामीलाई उपचारको लागि आर्थिक सहयोग गरेको छ।

मुखियापट्टी मुसहरनिया गाउँपालिका वार्ड नं -१ बस्ने जोगी यादवको नाती जोगिन्द्र यादवको छोरा विशाल यादवलाई ब्रेन ट्यूमर रोग लागेको थियो। सो को उपचारमा आर्थिक सहयोग को अभावले उपचारमा समस्या उत्पन्न हुँदा गाँउपालिकाले शिघ्र स्वास्थ लाभको कामना सहित उपचारमा सहजता प्रदान का लागि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, सम्पुर्ण वाडा का वार्ड अध्यक्ष र सम्पुर्ण वाडा सदस्यहरुको तर्फबाट १ लाख २० हजार र गाउँपालिका को तर्फबाट ५१ हजार गरी जम्मा १ लाख ५३ हजार नगद सहयोग गरेको कुरा मुखियापट्टी मुसहरनिया गाउँपालिकाको सचिवालयले जानकारी गराएका छन्।








