भैरहवा-रुपन्देही प्रहरी ले मायादेवी गाउँपालिका वडा नं ५ पर्सहवा वाट अवैध रुप मा भारत वाट नेपाल तर्फ भंसार छलि चोरी पैठारी गरी लाउँदै गरेको बोलेरो पिकअप गाडी वाट ५६ बोरा चिनी वरामद गरी दुई जना लाई नियन्त्रण मा लिएको छ।
पक्राउ पर्ने मा लु.२.च २४ नम्वर को बोलेरो गाडी का चालक बुटवल उप-महानगरपालिका वडा नं २ का ३२ वर्षिय ईश्वर भुसाल र गाडी मा सवार सोही नगरपालिका वडा नं १३ बस्ने २० वर्षिय अर्जुन कुँवर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही ले जनाएको छ।




भारत वाट नेपाल तर्फ अवैध रुप मा भंसार छलि चिनी ल्याउँदै गरेको अवस्था मा ईलाका प्रहरी कार्यालय बेथरी वाट खटिएको प्रहरी टोली ले मंसिर १९ गते राती अन्दाजी २ वजे निज कुँवर ले चलाएको गाडी नियन्त्रण मा लिएको हो।
पक्राउ गरिएको ५६ बोरा चिनी र बोलेरो गाडी को अनुमानित मुल्य ११ लाख ८२ हजार रहेको र नियन्त्रण मा लिईएको चिनी र गाडी लाई स्थानिय मानिस हरु को रोहवर मा बरामद गरि उक्त चिनी, गाडी र मानिसहरु समेतलाई आवश्यक कार्वाही को लागि भैरहवा भंसार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय का प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट ले जानकारी गराएका छन् ।




