
भैरहवा- सामाजिक संजाल फेसवुक,टिकटक, ईन्स्टाग्राम मार्फत सस्तोमा आईफोन-१२, लगाएत नयाँ मोडेल का मोबाईलहरु बिक्रीको झुट्टा विज्ञापन राखी पैसा लिई समान उपलव्द नगराई ८ लाख चार हजार ठगी गरेको आरोप मा प्रहरी ले बाँके कोहलपुर का २५ वर्षिय रमेश श्रेष्ठलाई पक्राउ गरेको छ।
फेसवुक मार्केट प्लेस मा टर्म ईलेक्ट्रिक ग्याजेट नाम राखि सस्तो मा आईफोन का विभिन्न मोडेल का मोवाईल बिक्रीको झुट्टा विज्ञापन आईफोन बिक्रिमा राखि ठगिएका पिडीत हरु लाई लगानी गर्न लागाई गिफ्ट दिने प्रलोभन दिई पिडितहरुलाई सामान आईपुगेको छ, कस्टम चार्ज, डेलीभरी चार्ज र ईन्सुरेन्स चार्ज जस्ता बिभिन्न प्रयोजनमा रकम तिर्नु पर्छ भनी पिडितलाई बिश्वास दिलाई बिभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खातामा ८ लाख वढी रकम पठाउन लगाई लिई ठगी गरेको निज श्रेष्ठलाई पक्राउ गरी प्रचलित कानुन बमोजिम ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु पठाईएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय का प्रहरी उपरीक्षक रविन्द्र रेग्मी ले जानकारी गराएका छन्।