महोत्तरी(औरही)-राप्रपाका मधेश प्रदेश अध्यक्ष भरत गिरीले देश दिन प्रतिदिन संकटमा फस्दै गएको बताएका छन्। महोत्तरीको औरही र बर्दिवासमा मंगलवार आयोजित दुई दिने कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। उनले अहिलेका राजनितिक दलले हिन्दु राष्ट्र स्विकार नगरे कै कारण देशमा हिंसा र अराजकता बढदै गएको बताए । नेता गिरीले देशमा भ्रष्टाचार तस्करी कुसाशन दिन प्रतिदिन बढदै गएकोले अहिलेका राजनितीक दल देश चलाउन असफल भएको जिकिर गरे ।

प्रदेश अध्यक्ष गिरीले देशलाई निकास दिन अहिलेको ब्यवस्था परीबर्तन गर्न आवश्यक रहेको भन्दै संघियताकै कारण देश टाँट पल्टन थालेको बताए । महोत्तरीको औरहीमा आयोजित पार्टी प्रवेश तथा संगठन बिस्तार कार्यक्रममा १ सय १ जनाले बिभिन्न पार्टी परीत्यागगरी राप्रपामा प्रबेश गरेका छन । तेस्तै सोही कार्यक्रममा राप्रपाको औरही नगर समितीले आनिल साहको अध्यक्षतामा २१ सदस्य वडा नम्बर १ को वडासमिती समेत गठन गरेको छ ।कार्यक्रममा राप्रपाका युवा नेता विजय साहले स्वागत मन्तब्य गरेका थिए ।




त्यसैगरी बर्दिवासमा आज महोत्तरी क्षेत्र नम्बर १ को संगठन बिस्तार तथा पार्टी समिक्षा कार्यक्रम सम्पन्न भएको छ । राप्रपा महोत्तरी क्षेत्र नम्बर १ का क्षेत्रिय अध्यक्ष होम प्रसाद पोखरेल ,कमलको अध्यक्षता तथा राप्रपाका मधेश प्रदेश समिती अध्यक्ष भरत गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस,वडा समिती बिस्तार, पार्टी संगठन निर्माण ,पार्टी कार्यालय सञ्चालन लगायतका बिषयमा छलफल भएको राप्रपाकी मधेश प्रदेश कमिटी सदस्य निरु केशीले जानकारी दिईन ।











