
महोत्तरी- गौशालामा एक मात्र ब्राण्डेड कम्पनि यामहा बाइकको शोरुमको उद्घाटन भएको छ । ललिता अटो हबद्वारा संचालन भएको शो रुमको गौशाला -५ बजार स्थित विहिवार एक कार्यक्रमका बीच उद्घाटन भएको हो।

गौशाला बजारमा खुलेको शोरुमको मधेश प्रदेश सांसद सरोज कुमार यादवले एक समारोहबीच रिबन काटेर उद्घाटन गरेका हुन् । शोरुमको उद्घाटन गर्दै सांसद यादवले आयमुलक एवं व्यावसायिक काममा संलग्न हुनु स्वागतयोग्य काम भएको बताए । बाइक शोरुमले पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउने उनको भनाई थियो । कार्यक्रममा बोल्दै ललिता अटो हबका अध्यक्ष मोध नारायण यादवले अर्थसगँ जोडिएका यस्ता शोरुम र कम्पनिले गौशाला मात्र नभएर महोत्तरी जिल्लाकै विकाश र प्रचारमा समेत टेवा पुर्याउने बताए ।

त्यस्तै उनले टाढा गएर वाइक खरीद गर्नुपर्ने झनझट शोरुमको संचालन भएपछि हट्ने विश्वास व्यक्त गरे । कार्यक्रममा सांसद सरोज कुमार यादव लगायत ललिता अटो हबका कर्मचारीहरु , विभिन्न राजनीतिकर्मी , समाजसेवी , जनसमुदाय र ग्राहकवर्गहरुको उपस्थिति रहेको थियो ।
