
भैरहवा-नेपाल घुम्न आएको भारतिय पर्यटक लुटपाट गर्ने लाई काठमाडौं प्रहरी ले पक्राउ गरेको छ।
पक्राउ पर्ने मा सिन्धुपालचोक जिल्ला, लिसंखु गाउँपालिका वडा नं ७ घर भई हाल ललितपुर एकान्तकुना बस्ने ३६ वर्षिय राज कुमार घिसिङ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ले जनाएको छ।
निज घिसिङ ले नेपाल घुम्न आउने भारतीय नागरिकहरुलाई होटल सस्तो मिलाई दिन्छु भनि प्रलोभनमा पारी होटलमा लगि कुटपिट गरी धाकधम्की दिई लुटपाट गर्ने कार्यमा संलग्न रहेको ले पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाईएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय का प्रहरी उपरीक्षक रविन्द्र रेग्मी ले जानकारी गराएका छन्।