सर्लाही - बलरा नगरपालिका वार्ड -९ नरहरगन्ज श्री जनता प्राथमिक विधालयमा अध्ययनरत २५९ जना विधार्थीहरुलाई विधालय पोशाक वितरण गरिएको छ ।
बलरा नगरपालिकाका नगरप्रमुख रामाशंकर कुशवाहाले एक कार्यक्रमका बिच विधालयमा उक्त पोशाक वितरण गरेका हुन ।
बलरा नगरपालिकाको आर्थिक सहयोगमा विधार्थीहरुलाई पोशाक वितरण गरिएको बलरा नगरप्रमुख रामाशंकर कुशवाहाले बताए । सामुदायिक विधालयमा अधिकांश विधार्थीहरु विपन्न परिवारका अध्ययनरत रहेका हुन्छन । नगरप्रमुख कुशवाहाले भने। आर्थिक अभावमा पोशाक समेत किन्न नसकेका कारण नगरबाटै सहयोग स्वरुप पोशाक वितरण गरिएको उहाँको भनाई छ ।
आर्थिक अभावका कारण विधार्थीहरु विना पोशाक नै विधार्थीहरुलाई आउनुपरे बाध्यता रहदै आएको
विधालयका प्रधानाध्यापक सिकन्दर राय यादवले बताए । स्थानीय तहबाट विधालयमा पोशाक वितरण गरिएकोमा नगरप्रमुख कुशवाहालाई उहाँले विशेष धन्यवाद समेत दिए ।
पोशाक वितरण पछि विधार्थीहरुलाई नियमित विधालयमा उपस्थिति तथा पठनपाठनमा थप उर्जा प्रदान गरिने उपेक्षा प्रअ यादवको रहेका छन ।
पोशाक वितरण पछि विधार्थीहरु खुशी देखिन्थ्यो भने विधालयमा सम्पुर्ण विधार्थीहरुको उपस्थिति रहेको थियो ।
पोशाक वितरण कार्यक्रममा नगर उपप्रमुख कोशिला देवी, वार्ड -९ का वडाअध्यक्ष विरेन्द्र चौधरी, समाजसेवी युवा विरेन्द्र साह, विधालयका शिक्षक शिक्षिका लगायत विधार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।