भैरहवा – रुपन्देही को भैरहवा मा बिहीवार पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दन गरिएको छ।नागरिक अभिनन्दन कार्यक्रम सिद्धार्थनगर नगरपालिका वडा नं ४ मा रहेको सुगरमिल प्लट मा गरिएको हो।
अभिनन्दन कार्यक्रम मा पूर्वराजा ज्ञानेन्द्र शाहसहित, पूर्वरानी कोमल राज्य लक्ष्मी, छोरी प्रेरणा को उपस्थिती रहेको थियो। नागरिक अभिनन्दन कार्यक्रम का संयोजक डा राम प्रसाद वस्याल ले रुपन्देही वासी को तर्फ वाट भन्दै अभिनन्दन पत्र पूर्वराजा लाई हस्तानतरण गरेका थिए ।




पूर्वराजा ज्ञानेन्द्र शाह ले कार्यक्रम मा आफु कहीँ कतै नगएको सधैं नेपाली जनता को सुख दुःख लाई नजिकै वाटै नियालिरहेको र देश को अवस्था जर्जर भएको र लाखौं युवा देश को माया हुँदा हुँदै पनि वाध्यकारी परिस्थिती ले गर्दा विदेशिन परेको वताएका छन्। आफुले रोजेको वाटो ठिक अरुको वाटो वेठिक भन्ने सोच भन्दा माथि उठेर अगाडी वढ्ने वेला आएको थप वताएका छन्।
पूर्व सांसद गंगा चौधरीले देश रोज्ने कि दल रोज्ने भन्दै उपस्थित जनता हरु सुझाउ मागेकी थिईन्। विगत मा आफु ले राजसंस्था विरुद्द अन्जान मा वोलेको र अहिले आएर गल्ति गरेको आभास भएको वताईन्ँ राजा र जनता को सम्वन्ध नङ र मासु को जस्तो रहेको तर यहाँ गलत भ्रम फैलाईएको भन्दै मन्च वाटै राजा आउ देश वचाउ भन्दै नारा लगाईन् ।
नागरिक अभिनन्दन समारोह का संयोजक डा राम प्रसाद वस्याल ले रुपन्देही वासी को विन्तिपत्र लाई स्विकार गरेर आईदिनु भएको मा धन्यवाद दिदैँ गणतन्त्र ले देश मा भएको सबै उध्योग कलकारखाना बन्द गराएर सबै युवा लाई विदेश जान वाध्य वनाएको वताए। राजा लाई विदेशी वैंक मा पैसा राखेछ भन्ने गलत आरोप लगाएर देश को यो अवस्था मा पुर्याएको ले यो व्यवस्था नफाले सम्म जनता ले सुख नपाउने वताए ।
रूपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहराको तर्फबाट स्वागत मन्तव्य राख्दै पूर्व गृहमन्त्री निरन्जन थापाले मुलुकमा दलीय व्यवस्था असफल भएको ले राजसंस्था पुनस्थापना गरी देश लाई अगाडी वढाउनु पर्ने वताए।




