
मधुवनी, सर्लाही
गोडैता नगरपालिका वार्ड -१२ मधुवनीमा अतिक्रमण गरिएको सडकमा आरसिसी ढलान गरिएको छ ।
वडाअध्यक्ष केशव कुमार को विशेष पहलमा विगत १८ बर्षदेखि अतिक्रमण गरि राखेको सडकमा १३ फिट ढलान गरिएका छन।
आज एक कार्यक्रमका बिच गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादवले विवादित सडकको उदघाटन गरेका हुन ।

गोडैता नगरपालिकाको वडास्तरिय योजनाको ११ लाखको लागतमा महेश राउतको घरदेखि घनश्याम राउतको घरसम्म्म ८५ मिटर आरसिसी ढलान गरिएको हो ।
सडक चौडा गरी ढलान भएसंगै स्थानीयवासीहरुलाई आवतजावत तथा एम्बुलेन्स लगायत अतिआवश्यक गाडी ल्याउन सहज हुने उपेक्षा गरिको हो ।
३० बर्षअघि निर्माण भएका सडकमा स्थानीयवासीले गाईगोरु बाधेर कब्जा गर्नुका साथै सडकमै घर निर्माण गरिदिएका थिए ।
वडाअध्यक्ष केशव कुमार अनुसार पटकपटक वार्ता र लामो प्रयासपछि विवादित सडकमा ढलान गर्न सफल भएकोमा उहाँले खुशी व्यक्त गरे ।
सडक बनाउन जादा हजुरबा बनाउन नसक्दा नाति आएछ भनी कतिपयले कुरा समेत काटेको र अन्तिम समयमा भएपनी साविक १० फिटको अतिक्रमीत सडकलाई ३ फिट बढाएर ढलाउन सक्नुलाई वडाअध्यक्ष केशव कुमारले ठूलो सफलताको रुपमा लिएका हुन ।

सडक उदघाटन समारोहमा बोल्दै मेयर देवेन्द कुमार यादवले स्थानीय सरकारले विकास निर्माण कार्यलाई तिब्रता दिएको र आफनो कार्यकालमै नगरका सारा सडक ढलान हुने दाबी गरे ।
सडकको उदघाटन समारोहमा नगरप्रमुख सहित वार्ड १२ का वडासदस्यहरु, स्थानीय भद्रभलादमीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।