सर्लाही – बरहथवा घटनामा प्रहरीको गोलीबाट हत्या भएका युवकको शव अझै उठ्न सकेका छैनन् । नगरपालिकाको नगरप्रमुख कल्पनाकुमारी कटुवालको हठबादी नीतिबाट उब्जीएको प्रतिकूल परिस्थितिलाई प्रहरीले नियन्त्रणमा लिन अन्धाधुन्ध गोली चलाएपछि प्रदर्शन चलिरहेको स्थान भन्दा ५ सय देखि ६ सय मिटरको दुरीमा रहेका नेपाल विद्युत प्राधिकरणको पुल भएर जाँदै गरेका बरहथवा नपा ६ का २७ बर्षिय जयशंकर साहको टाउकोमा गोली लागेका थिए । गोली लागेर पुलमै ढल्न पुगेका युवक साहको शवलाई आफन्तहरुले नियन्त्रणमा लिई पुलमै बसेका हुन् ।
आफन्तहरुले जुलुश प्रदर्शनमा सहभागी नै नभएका पसल बन्द गरेर तर तर्फ जाँदै गरेका युवक साहलाई ताकेर टाउकोमा प्रहरीले गोली हानेको गम्भीर आरोप लगाउदै गोली हान्ने र आदेश दिने दुबैलाई कारवाही गर, घरका एक्लो छोरालाई प्रहरीद्धारा हत्या भएकोमा घरपरिवारका सदस्यहरु अचेत अवस्थामा रहेको छ, स्थानीय प्रशासनले पन्छिनको लागि नामको लागि मात्रै कर्पm्यु लगाएर ढाकछोपको कथित रुपमा प्रयास गरिएको गम्भीर आरोप उनीहरुको छ ।घटनास्थलमा पीडित परिवार संगै स्थानीय बासिन्दाहरुको उल्लेख संख्यामा उपस्थितिको कारण प्रहरी उक्त स्थानमा पुग्न सकेका छ्रैनन् ।



कर्फयुको समय आइतवार विहान ८ बजे सम्म बढाइयो
जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवाको अवस्था निकै तनावपूर्ण रहदा शुक्रवार साँझ साढे ५ बजे देखि शनिवार विहान ८ बजे सम्म रहेका कर्फयुको समय आइतवार विहान ८ बजे सम्म बढाइएको छ ।
बरहथवामा थप अप्रिय घटना हुन नदिन जिल्लाका सुरक्षाकर्मीहरुलाई परिचालन गरिएको हुँदा कर्फयुको पूर्ण पालना गर्न सर्लाही प्रशासनले जिल्लाबासी संग अनुरोध गरेका छन् ।
यो पनि पढ्नुहोस :
बरहथवा नगरपालिकामा भएको आन्दोलनमा प्रहरीकाे गाेली लागि एक जनाको मृत्यु,अवस्था तनावग्रस्त
https://shirishnews.com/2024/01/05/52870/
https://shirishnews.com/2024/01/05/52883/




