महोत्तरी- गौशाला न.पा.वडा नं.१ रामनगरको शिक्षा सम्बन्धी विवाद समाधानकाे लागि सर्व दलिय बैठक बसी नगर प्रमुख समक्ष माग राखेको छ।बुधबार गौशाला नगरपालिका वडा नं.१ अन्तर्गत श्री मा.वि.रामनगरमा नेपाली काङ्ग्रेस वडा नं.१ का सभापति कृष्णहरि श्रेष्ठको अध्यक्षतामा बसेको बैठकबाट तपसील बमोजिमको निर्णय गरेका छन् ।
गौशाला न.पा.शिक्षा समितीको निर्णयअनुसार शिक्षा शाखा बाट खटाई पठाइएको मिति २०८०/६/२९ को पत्र अनुसारको बरियता क्रममा वरिष्ठ शिक्षक दिपक सिंह दर्लामी लाई प्र.अ.पदमा नियुक्त गरिएकोमा सो बमोजिम नगरि दिपक सिंह दर्लामी भन्दा कनिष्ठ शिक्षक उपेन्द्र साह लाई प्र.अ. बनाई बिद्यालयको ब्यवस्थापन र संचालनको जिम्मेवारी दिईएको बारे यसमा सो अनुसार नगरि वडा अध्यक्ष नबिन कुमार साहको ठाडो निर्देशनमा शिक्षाशाखाको पत्रलाई समेत अवहेलना गरि सो अनुसार हुन नदिएको हुनाले वरिष्ठ शिक्षक दिपक दर्लामी लाई नै प्र.अ.को जिम्मेवारी दिई शिक्षानियमावली अनुसार शिक्षा समितिको निर्णय लाई नै पालन गर्न गराउनको लागि गौशाला नगरपालिकाको कार्यालय संग अनुरोध गर्ने निर्णय गरिएको छ।



त्यसैगरी गौशाला न.पा.शिक्षा शाखा बाट गौशाला नगरपालिका वडा नं.१ स्थित श्री मा.वि.रामनगरमा आएको शिक्षक उपेन्द्र साहको सरुवा पत्र र शिक्षिका सुनिता कुमारी तथा अशोक महतो को यस विधालयमा सरुवा भै आएको पत्र लाई विधालयमै दर्ता गर्न नदिई सम्बन्धित वडा अध्यक्ष नबिन कुमार साहले जबरजस्ती सो विधालयको लेखापाल बाट नियन्त्रणमा लिई यो पत्र सम्बन्धमा कोहि कसैले सोध्न आएमा वडा कार्यालय पठाई दिनु भनि निर्देशन गरेकोमा यस सम्बन्धमा नगरपालिका बाट आवश्यक अनुसन्धान गरि नियमावली अनुसार आवश्यक कारवाहि गरिदिन हुनको लागि नगरपालिका संग अनुरोध गर्ने र श्री मा.वि.रामनगर गौशाला नगरपालिका बाट खटाई पठाइएका मा.वि.वरिष्ठ शिक्षक दिपक सिंह दर्लामी लाई नि.प्र.अ.को जिम्मेवारी दिन र सहायक शिक्षक उपेन्द्र साह लाई पत्र अनुसार सरुवा भै जानु पर्ने विधालयमा यथाशीघ्र सरुवा गरिदिनको लागि सर्वसहमति बाट यो निर्णय गरिएको छ।
बैठकमा रुद्र बहादुर बुर्जा -ने.क.पा.माओवादी केन्द्र,रामपुकार महतो -ज.स.पा., शेखर गिरि-रा.स्व.पा., विरेन्द्र महतो-जनमत पार्टी र रामचन्द्र महतो-रा.प्र. पा. को उपस्थिती रहेको थियो ।




