महोत्तरी – औरही नगरपालिका वडा नं. ९ को वडा कार्यालय भवन निर्माणको बिहिवार शिलान्यास गरिएको छ।
नगरस्तरीय बजेट अन्तर्गत वडा नं ९ अगलेशरामा भवन निर्माणको लागि औरही नगरपालिका नगर प्रमुख प्रदिप कुमार खड्का र वडा नम्बर ९ का वडा अध्यक्ष रघुनन्दन चौधरीले विधिवत पुजा अर्चना गरी संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।भवन शिलान्यास गर्दै नगर प्रमुख खडकाले भवन निर्माणको गुणस्तरलाई ध्यान दिन आग्रह गरे।

७२ लाखको लागतमा भवन निर्माण हुन लागेको नगरपालिका इन्जिनियर सन्तोष यादवले बताए ।भवन अभाबका कारण जनतालाई दिने सेवामा समस्या व्यहोर्दै आएको वडा र्कायालयको नयाँ भवन तत्कालका लागि काम काज चालाउँदै आएको कार्यालय भन्दा केहि दुरिमा रहेको सार्वजनिक जग्गामा निर्माण हुन लागेको हो ।




शिलान्यास कार्यक्रममा वडाका वडा सदस्य,राजनीतिकर्मी,पुर्व वडा अध्यक्ष लगाएत स्थानीयहरुको उपस्थितमा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।




