जनकपुरधाम- प्रहरीको लाठी प्रहारबाट मधेश प्रदेशका शिक्षा तथा संस्कृती मन्त्री महेश प्रसाद यादवको टाउँको फुटेको छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले गर्ने राजविराज १३ स्थित विषहरियामा मधेश प्रदेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रमको बिरोध गर्न पुगेका मन्त्री यादवमाथी प्रहरीले लाठी प्रहार गरेको हो ।
शिक्षा मन्त्रीसमेतलाई वेवास्ता गरि राखिएको शिलान्यास कार्यक्रमको जनमत पार्टीले बिरोध गर्दै आएको छ । यसअघि ऐन नियम मिचेर मधेश प्रदेश कृषि विश्वविद्यालयले विभिन्न गतिविधी अघि बढाएको तथा व्यापक अनियमितता र भ्रष्टाचार गरेको भन्दै हिजो आइतबार जनमत पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले तालाबन्दी गरेका थिए।
यस्तै मधेश प्रदेशका शिक्षा तथा संस्कृती मन्त्री यादवले जबरजस्ती विश्वविद्यालयको शिलान्यास गरे त्यसबाट उत्पन्न हुन सक्ने अप्रिय घटनाको सम्पूर्ण जिम्मेवार उपकुलपति र रजिष्ट्रार नै हुने भनी आइतबार साँझ नै एक प्रेस विज्ञप्तिमार्फत सबैको ध्यानाकर्षण गराएका थिए ।
उनले प्रेस विज्ञप्तिमा शिक्षा मन्त्रीको हैसियतले आफू विश्व विद्यालयको सिनेटको अध्यक्ष हुँदा हुँदै पनि शिलान्यास बारे कुनै जानकारी नदिएको उल्लेख गरेका छन् ।


