सर्लाही- सर्लाहीको बलरा नगरपालिका–४ बलरा गोठमा रहेको एक घरमा शुक्रबार बिहान ग्यास पड्किएको छ । सहारा ग्यासको सिलिन्डर विस्फोट हुँदा एकतले घरको ६ कोठामा क्षति पुगेको छ।
स्थानीय अख्तर हुसेनको घरमा खाना पकाउने क्रममा सिलिन्डर पड्किँदा क्षति भएको प्रहरीले जनाएको छ । सिलिन्डरमा आगो लागेपछि घरका सबै परिवार घरभन्दा बाहिर भागेकाले मानवीय क्षति हुनबाट जोगिएको छ ।



ग्यास सिलिन्डर पड्किँदा घरसहित घरमा रहेका खाद्यान्न सामग्री, लत्ताकपडा र फर्निचरसमेत क्षति पुगेको छ ।




