काठमाडौं । ट्रकले मोटरसाइकललाई ठक्करदिदा मकवानपुरमा एक युवाको मृत्यु भएको छ । २० वर्षीय मोटरसाइकल चालक कोरेस चेपाङको मृत्यु भएको हो । बिहीबार बेलुका ८ बजेतिर मनहरी गाउँपालिका – ६ सुनादेवी मन्दिरअगाडि ट्रकले मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा ज्यान गुमाउने चेपाङ चितवनको माडी नगरपालिकाका स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ । चितवनबाट हेटौँडातर्फ जाँदै गरेको ट्रकले विपरीत दिशामा मोटरसाइकललाई ठक्कर दिएको थियो ।



ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




