महोत्तरी – मटिहानी नगरपालिका वडा नं. १ को वडास्तरीय स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत आज श्री राष्ट्रिय माध्यमिक विद्यालय सिरसियामा अध्ययनरत छात्र छात्राहरुलाई विद्यालय पोशाक मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडल र वडा नं. १ का वडा अध्यक्ष शिव शंकर रायले संयुक्त रुपमा बितरण गरेका छन् ।

उक्त कार्यक्रममा १७८ छात्र र १९० छात्रा गरी जम्मा ३६८ जना छात्र छात्राहरुलाई सो विद्यालय पोशाक बितरण गरिएको कुरा विद्यालयका प्र.अ. राम श्रेष्ठ ठाकुरले बताउनुभयो ।त्यसै अवसरमा उक्त विद्यालयको कक्षा ९ मा अध्ययनरत खुशी कुमारी रायले पोशाक पाए पछि खुशी ब्यक्त गरेकी छिन ।




उक्त पोशाक बितरण कार्यक्रममा मटिहानी नगरपालिकाका शिक्षा शाखा प्रमुख चन्देश्वर साह, शिक्षक,शिक्षिका,अभिभावक लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।




