जनकपुरधाम – वैदेशिक रोजगारी को लागि युरोप पठाईदिने भन्दै ५५ जना वाट ६३ लाख ठगी गर्ने दुई जना लाई प्रहरी ले ललितपुर वाट पक्राउ गरेको छ। पक्राउ पर्ने मा सर्लाही हरिवन नगरपालिका वडा नं ३ घर भई हाल ललितपुर-९ वस्दै आएका ३५ वर्षिय नगेन्द्र यादव नाम वताउने रामेश्वर सिँह र धुनुषा जिल्ला मिथिला नगरपालिका वडा नं २ मा घर भई ललितपुर- १८ मा वस्दै आएका २७ वर्षिय सरोज यादव नाम वताउने राम सेवक सिहँ रहेको र दुवै जना नाता ले ज्वाइँ र जेठान रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ले जनाएको छ ।
पक्राउ परेका दुई जना ले अर्काको नागरिकतामा आफ्नो फोटो टाँसी कन्सलटेन्सी खोली वैदेशिक रोजगारी को लागि युरोप पठाईदिने भन्दै राज कुमार बजगाई समेत ५५ जना वाट पटक पटक गरि ६३ लाख ठगी गरेको प्रहरी ले जनाएको छ। उनीहरुले सरोज यादव र नागेन्द्र यादवको नागरिकता दुरुपयोग गरेको भेटिएको छ ।सो नागरिकताबाट बैंक खाता संचालन गरेर कन्सलटेन्सी समेत स्थापना गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका निज हरु ले वैदेशिक रोजगारी को लागि युरोप पठाईदिने , १.५ लाख वढी तलव हुने र जान ७ लाख रकम लाग्ने भन्दै पिडित हरु सित पटक पटक गरि ६३ लाख लिई सम्पर्क विहिन भई ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय का प्रहरी उपरीक्षक मिलन के.सी ले जानकारी गराएका छन्।



निज हरु यस अघि पनि ठगी, लागुऔषध लगायत अन्य मुद्दा मा पनि संलग्न रही फरार रहेको खोजतलास गर्ने क्रममा मंगलवार ललितपुर-९ मिलनटोलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी परिसर टेकु, काठमाडौं पठाईएको प्रवक्ता के.सी ले थप जानकारी दिएका छन्।




