
महोत्तरी - महोत्तरीमा ब्याजमा लिएको पैसा समयमै फिर्ता नगरेको भन्दै कुटपिट गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पिपरा गाउँपालिका-६ का रामकुमार शर्मालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक महेन्द्र खड्काले जानकारी दिए।
उनका अनुसार शर्माले मंगलबार धनुषाधाम नगरपालिका-५ का ४२ वर्षीय नरेश मण्डललाई पोलमा बाँधेर कुटपिट गरेका थिए। महोत्तरी जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी घटनाबारे थप अनुसन्धान गरिरहेको उनले बताए।