
जनकपुरधाम - बलात्कार गरेको अभियोग लागेपछि फरार रहेका एक युवकलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । सिरहाको गोलबजारबाट प्रहरीले गोलबजार नगरपालिका ४ का २१ वर्षीय रोहित दासलाई पक्राउ गरेको हो । करिब दुई महिनाअगाडि एक युवतीलाई बलात्कार गरेको उनीमाथि आरोप छ ।
खोजतलासको क्रममा गोलबजार नगरपालिका ४ स्थित शिव मन्दिर नजिक लुकीछिपी बसिरहेको अवस्थामा दासलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनलाई बिहीबार सिरहा जिल्ला अदालतमा पेश गरी अनुसन्धानका लागि पाँच दिनको म्याद लिइएको छ ।
सिरहा परिवर्तित नाम २०८० ०८१ गोलबजार (‘‘छ१) को जाहेरीको आधारमा प्रतिवादी दास पक्राउ परेका हुन् । गत २८ मंसिरको साँझ करिब ६ बजेतिर जबरजस्ती करणी गरी उनी फरार भएको प्रहरीले जनाएको छ ।